मुल Moola ("The Root") (240°00 to 253°20′ Sagittarius)

मुल

वैदिक ज्योतिषमा २७ नक्षत्रहरूमध्ये १९औँ नक्षत्र हो। यो धनु राशिमा ०° देखि १३°२०' सम्म फैलिएको हुन्छ। यसको अर्थ "जड" (Root) हुन्छ, जसले गहिरो सत्य, मूल कारण र परिवर्तनको प्रतीक गर्छ। यसले जन्ममा केही चुनौतीहरू ल्याउन सक्छ तर सही समयमा शान्ति पूजा गरेपछि राम्रो फल दिन्छ। मूल नक्षत्रमा जन्मेका व्यक्ति सत्यको खोजी गर्ने, जिद्दी, ईमानदार, अनुसन्धानात्मक स्वभावका हुन्छन्। उनीहरू निडर, Independent र गहिरो सोच राख्छन्। आकर्षक व्यक्तित्व, तेज आँखा र आध्यात्मिक झुकाव हुन्छ।मूल नक्षत्रका व्यक्ति अनुसन्धान र मूल कारण खोज्ने क्षेत्रमा सफल हुन्छन्।

प्रतीक
जडहरूको गुच्छा (Bunch of roots) वा हात्तीको अंकुश (Elephant Goad) यसले गहिरो जरा, आधार र विनाशपछि नयाँ सुरुवातलाई जनाउँछ।

देवता
निरृति देवी – विनाश, विघटन, विपत्ति र परिवर्तनकी देवी (goddess of dissolution, destruction and calamity) प्रजापति (Creation का देवता) लाई पनि सहायक मानिन्छ।

स्वामी ग्रह
केतु (Ketu) – detachment, spirituality, अकस्मात परिवर्तनको ग्रह हाे।

प्रकृति
तीक्ष्ण/उग्र (Sharp/Fierce), राक्षस गण, अग्नि तत्त्व (Fiery) यो transformative energy बोक्छ, जसले पुरानोलाई उखेलेर नयाँ ल्याउँछ।

सकारात्मक पक्ष

  1. गहिरो सत्य तथ्य खोज्ने र जरा सम्म पुग्ने क्षमता
  2. आध्यात्मिक उन्नति, जस्तोसुकै ठाउँमा पनि मिलेर रहन सक्छन्
  3. कठिन परिस्थितिमा पनि धैर्य रहने,दयालु र बलियो इच्छाशक्ति

चुनौतीपूर्ण पक्ष

  • जिद्दी, अहंकारी, अचानक हानि, अस्थिरता वा कर्ममा चुनौती
  • परिवारमा केही अशुभ प्रभाव माता पिता वा धनमा (मूल दोषका कारण) तर शान्ति पूजाले हट्छ।
  • Emotional imbalance वा over-eagerness मा समस्या।
  • कहिलेकाहीं destructive tendencies वा regret गर्ने बानी।
  • भावनात्मक असंतुलन, अति उत्सुकता।

करियर र रुचि क्षेत्र

  1. Spirituality, Philosophy वा Healing (Doctor Therapist)।
  2. Police, Military, Detective वा Administrative Services।
  3. Research, Science, Medicine (Especially Roots/Herbs Related)।
  4. Law (वकील, Judge), Banking, व्यापार (Cloth, Grocery)।
  5. Occult, Psychology, Mining/Excavation जस्ता गहिरो खोजीका काम।
  6. उनीहरू Transformative Roles मा चम्किन्छन्, जस्तै Crisis Management वा Spiritual Guide।

मूल जन्म नक्षत्रको फल
आद्ये पिता नाशमुपैति मूलपादे द्वितीये जननी तृतीये। धनं चतुर्थस्य शुभोऽथ शान्त्यासर्वत्र सत्स्यादहिभेविलोमम्॥
मूलनक्षत्रको पहिलो पाउमा बालक जन्म्यो भने बाबु पिर्ने हुन्छ, दोस्रो पाउमा जन्म्यो भने आमा पिर्ने हुन्छ, तेस्रो पाउमा जन्म्यो भने धन नाश गर्ने हुन्छ, चौंथा पाउमा जन्म्यो भने शुभ हुन्छ। अष्लेषा नक्षत्रको चौथो पाउमा जन्म भएको भए बाबु पिर्दछ, तेस्रो पाउमा ग्रामा पिर्दछ, दोस्रो पाउमा जन्म भए धन नाश गर्ने हुन्छ, पहिलो पाउमा जन्म भएको भए शुभ हुन्छ। यसमा शान्ति गर्नाले सबै शुभ हुन्छ दोष लाग्दैन।

अभुक्तमूलं घटिका चतुष्टयंज्येष्ठान्त्यमूलाहिभवं हि नारद:। वशिष्ठ एक द्वि घटीमितं जगौ वृहस्पतिस्त्वेक घटि प्रमाणकम्॥
नारदको मतमा ज्येष्ठाको अन्त्यको ४ घडी मूलको आदिको ४ घडी जम्मा ८ घडी अभुक्त मूल हुन्छ, वशिष्ठजी ज्येष्ठाको अन्त्यको एक घडी मूलको प्रादिको २ घडीलाई अभुक्त मूल हुन्छ, वृहस्पति ज्येष्ठाको एक घडी मूलको पनि एक घडीलाई अभुक्त मूल हुन्छ।

अथोचुरन्ये प्रथमाष्टघटयोमूलस्य संक्रान्तिमयञ्च नाड्य:। जातं शिशुं तत्र परित्यजेद्वामुखं पितास्याष्टसमा न पश्येत्॥
अरू प्राचार्यहरू मूलको ग्रादिको ८ घडी ज्येष्ठाको अन्त्यको ५ घडीलाई अभुक्त मूल भन्दछन्। यस्तो बहुमत हुँदा नारदको मतलाई नै प्रमाणित गरिएको छ। अभुक्त मूलमा जन्म लिएको बालकलाई त्याग गर्नु अथवा ८ वर्षसम्म बाबुले मुख नहेर्नु अश्लेषाको अन्त्यको ४ घडी र मघाको आदिको ४ घडीको फल पनि यस्तै बताउनु पर्दछ।

मूल नक्षत्रको निवास
स्वर्गे शुचिप्रोष्ठपदेषमाघे भूमीनभ: कार्तिकचैत्रपौषे। मूलं हयधस्तात्तु तपस्यमार्ग वैशाख शुक्रेष्वशुभं च तत्र॥
मूलनक्षत्र आषाढ, भाद्र, श्राश्विन, माघ यी महीनाहरूमा स्वर्ग लोकमा हुन्छ, श्रावण, कार्तिक, चैत्र, पौष यी महीनाहरूमा (मर्त्य लोके) भूमिमा हुन्छ, फाल्गुन, मार्गशीर्ष, वैशाख, ज्येष्ठ, यी महीनाहरूमा पाताल लोकमा हुन्छ, जुन लोकमा मूल हुन्छ त्यही लोकको फल जान्नु।

मूल निवास चक्रम्

स्वर्गे (राज्यलाभ) भूमि (हानी) पाताले (धनलाभ)
आषाढ श्रावण वैशाख
भाद्र कार्तिक ज्येष्ठ
आश्विन पौष मार्ग
माघ चैत्र फाल्गुन

मूल नक्षत्रको दोष परिहार
न कन्या हन्ति मूलर्क्ष पितरं मातरं तथा। मूलजा श्वशुरं हन्ति व्यालजा च तदङ्गनाम्॥
मूल नक्षत्रमा कन्याको जन्म भएमा मामा बाबुलाई पिर्दैन वरू ससुरा र सासुलाई नाश गर्दछ।


चिन्ह

चिन्ह

Tied Bunch of Roots or A Lion’s Tail

नामाक्षर

नामाक्षर

Ye, Yo, Va, Va

नियन्त्रण ग्रह

नियन्त्रण ग्रह

Ketu

नक्षत्र

नक्षत्र

6

तत्व

तत्व

Air

रङ

रङ

Bright Yellow


Other Constellations