चन्द्र ग्रह

चन्द्र ग्रह

चन्द्रमा (Moon) एक हिन्दूका देवता पनि हुन्। "चन्द्र" शब्दको शाब्दिक अर्थ "उज्ज्वल वा चम्किलो" हो र अन्य भाषाहरूमा जून, शशी, इन्दु, चन्द्रमा, रजनीश, मयंक, कलाधर, निशाकर, राकेश र सोम भनिन्छ।

चन्द्रमाका सोह्र कला (अमृता, मानदा, पूषा, पुष्टि, तुष्टि, रति, धृति, शशिनी, चन्द्रिका, कान्ति, ज्योत्स्ना, श्री, प्रीति, अङ्गदा, पूर्णा र पूर्णामृता) छन। चन्द्रमाको पिता अत्रि ऋषि हुन्। चन्द्रमाको सन्तान बुध, वरचा, भद्रा हुन्। सहोदर (दाजुभाई) दुर्वासा र दत्तात्रेय हुन्। चन्द्रमाको दिन सोमबार हो।

वैज्ञानिक दृष्टिकोणमा
चन्द्रमा पृथ्वीको एक मात्र प्राकृतिक उपग्रह हो। चन्द्रमा पृथ्वीदेखि जम्मा ३ लाख ८४ हजार ४ सय कि.मी. मात्र टाढा छ। Surface Area: 3.793×107 km2; (0.074 of Earth's) जुन पृथ्वीको व्यासभन्दा लगभग ३० गुणा बढी हो। आफ्नो परिक्रमा पथमा चन्द्रमा पृथ्वीको नजिक आउँदा समुद्रमा ज्वारभाटाको (Tide) स्थिति उत्पन्न हुन्छ। चन्द्रमाको गति १.०२२ कि.मी./से (२२८६ माइल प्रतिघण्टा) छ। हजुरको वजन पृथ्वीमा ६० किलोग्राम छ भने चन्द्रमामा हजुरको वजन जम्मा १० किलोग्राम मात्र हुनेछ। चन्द्रमाले पृथ्वीको परिक्रमा २७.३२ दिनमा पुरा गरेपनि पृथ्वीले सूर्यको परिक्रमा गर्ने कारणले पृथ्वीबाट पूर्ण चन्द्रमा हेर्नलाई २९.५ दिनको समय लाग्छ।

चन्द्रमा गोरो वर्ण, मीठो वचन, मन, सुन्दर, भावना र शीतलताको प्रतीक हो। औषधि, कपडा र आयात-निर्यात (Import-Export) मा सफलता मिल्छ। चन्द्रमालाई ज्योतिषशास्त्रमा हरेक कुरामा अत्यन्त महत्वपूर्ण मानिन्छ किनभने व्रतबन्ध पनि राशिलाई आधार बनाएर आफ्नो राशिबाट चार, आठ र बाह्रौं राशिमा गुरु बृहस्पति परेको बेलामा वर्तबन्ध गर्न हुँदै हुँदैन त्यस्तै आफ्नो राशिबाट छैठौं र आठौं राशिसँग विवाह गर्नै हुँदैन त्यस्तै आफ्नो राशिकै आधारमा दिशा छुट्याएर त्यो दिशामा फर्किएको घरमा बस्नु राम्रो त्यसको विपरी विपरीत ढोका भएको घरमा बस्दा अशुभ हुन्छ त्यो पनि चन्द्रमाकै आधारमा छुट्याइन्छ र कुण्डलीमा पनि वास्तविक मान्छेको मन, स्वदेश, विदेश, घरभित्र, बाहिर, कुन क्षेत्र र कुन काममा मन जान्छ त्यो कुरा छुट्याउन पनि चन्द्रमा बाटै विचार गरिन्छ यो सबै कुरा चन्द्रमा बिना असम्भव छ। आजको दिन कस्तो बित्छ भन्ने कुरा छुट्याउन पनि चन्द्रमाकै गोचर विचार गरिन्छ। आठौं चन्द्रमा भएमा पानीदेखि खतरा हुन्छ। चन्द्रान्माता चतुर्थत: चन्द्रमा र चन्द्रमादेखि चतुर्थ भावबाट पनि आमाको बारेमा विचार गर्न सकेमा पूर्ण रुपमा आमाको बारेमा थाहा पाउन सकिन्छ।

युक्तोवाजीव चन्द्रमा, चन्द्रे केन्द्र गतोवापि नदोषो मंगलीभवेत्॥
पछिल्लो केही समयमा अत्याधिक सुनिने शब्द माङ्गलिक अथवा माङ्गलिक योग पनि हो। कुण्डलीमा कहीँ कतै पनि चन्द्रमासँग बृहस्पतिको योग परेको छ वा केन्द्रमा चन्द्रमा भएमा मांगलिक दोषको कुनै प्रभाव रहँदैन।

जातकको औँसीको दिनमा जन्म भएको छ भने चन्द्रमा र सूर्यको योग हुन्छ।

कर्कट राशिका स्वामी ग्रह चन्द्रमा हुन्। रोहिणी, हस्ता र श्रवण नक्षत्रमा जन्मिने मानिसको ग्रह चन्द्रमाबाट नै सुरु हुन्छ। षडादित्ये दशेन्दौ इति श्लोकाऽनुसारेण चन्द्रमा विंशोत्तरी दशामा १० वर्ष चल्दछ भने त्रिभागी दशामा रस नागचन्द्रे ६ वर्ष, ८ महिना चल्दछ।

चन्द्रमाको धातु चाँदी, रत्न मोती र नक्षत्र रोहिणी, हस्त, श्रवण हुन्। अशुभ चन्द्रमाका कारण पिनास, पाण्डु रोग, जलसम्बन्धी समस्या र अनिद्रा आदि हुन्छ। चिसो, पेटको समस्या, बढी निन्द्रा लाग्ने, जन्डिस, पानीदेखि डराउने, रुवा खोकी र दम रोगी यो ग्रहले बनाउँछ।

सोमेतु सन्तान मुकुन्द वन्दनात्। अर्थात् चन्द्रमाको कारणले सन्तान भएका छैनन् भने सन्तान गोपाल स्तोत्र पाठ गराउदा पुत्र प्राप्त हुन्छन्।

मुख्यदेवता
भगवान् शङ्कर (शिवजी)

बीज मन्त्र
ॐ ऐं क्लीं सोमाय नम:

तान्त्रिक मन्त्र
ॐ सों सोमाय नम:

वैदिक मन्त्र
ॐइमन्देवा असपत्न ℧ सुवध्वं महते क्षत्राय महते ज्यैष्ठाय महते जानराज्यायेन्द्रस्येन्द्रियाय।
इमममुष्य पुत्रममुष्यै पुत्रमस्यै विश एष वोऽमी राजा सोमोऽस्माकं ब्राह्मणाना ℧ राजा॥

चन्द्र गायत्री मन्त्र
ॐ अमृताङ्गाय विद्महे कला रूपाय धीमहि तन्नो सोम: प्रचोदयात्॥

अन्य उपायहरू
शिवजीको पूजा गर्ने, सोमबारको दिन शुद्ध पानीको वितरण गर्ने, सोमबार वा पूर्णिमाको दिन चाँदीको औठी धारण गर्ने, सोमबार वा पूर्णिमाको दिन चन्द्रमालाई अर्घ्य र ॐ ऐं क्लीं सोमाय नम: मन्त्र जप गरेर पनि चन्द्रमालाई राम्रो गराउन सकिन्छ।

चन्द्रमाको रत्न
चन्द्र ग्रहको अशुभता हटाउन ४ क्यारेट मोती रत्न चाँदीको औंठी बनाई दाहिने हातको कान्छी औंलामा धारण गर्ने।

चन्द्रमाको दानसामाग्री
घिउ, सेतो कपडा, सुन, मोती, शङ्ख, दही, चाँदी, श्रीखण्ड, कपूर, चामल, जनै, सेतो चमर, सेतो साँढे।

चन्द्रमाको मित्र, सम र शत्रु ज्ञान
मित्र ग्रह सूर्य र बुध, सम ग्रह मङ्गल, गुरु, शुक्र र शनि हुन्। चन्द्रमाको शत्रु ग्रह छैनन्।

जन्म कुण्डलीमा चन्द्रमा नै पाप-पीडित भई अशुभ स्थानमा बसेको छ भने मान्छेले घर, गाडी, पैसा प्राप्त गरेर पनि असन्तोष हुन्छ। बुध र चन्द्रको योग भएर छैटौँ वा बाह्रौ भावमा भएमा मान्छे डिप्रेसनमा जान्छ। खुसी र शान्तिको अनुभव दिलाउन चन्द्रमालाई अनुकूल बनाउनै पर्छ। वैदिक ज्योतिषमा "चन्द्र राशि, चन्द्र नक्षत्र, चन्द्र स्थित भाव"को शुरु देखि नै अन्य योग ग्रहको तुलनामा खास महत्त्वपूर्ण मानिन्छ। शीतलता, यश, मानसिक भाव, गुण र अवगुणको प्रतिपादित गर्दछ।

चन्द्र ग्रह ज्योतिष शास्त्रमा एक महत्वपूर्ण र संवेदनशील ग्रह हो जसको प्रभाव व्यक्तिको मानसिक अवस्था, स्वास्थ्य, सौन्दर्य र पारिवारिक सम्बन्धमा गहिरो रूपमा देखिन्छ। ज्योतिषशास्त्रमा चन्द्र ग्रहबाट हजुरकाे खुशी, निराश, आँटिलो वा डराउने, उत्साहित हुने-नहुने कुराको विचार गरिन्छ छोटकरीमा भन्नुपर्दा, तपाईको भावनात्मक प्रतिक्रियाहरू चन्द्रमाद्वारा नियन्त्रित हुन्छन्। त्यसैले सम्बन्धको बारेमा कुरा गर्दा चन्द्रमा राशि जान्नु आवश्यक हुन्छ। तपाईको चन्द्र राशिले तपाई अरूसँग कसरी जोडिनुहुन्छ भनेर निर्धारण गर्छ, जस्तै तपाईलाई आवश्यक छ कि छैन ठाउँ, आराम, गहिरो कुराकानी, वा मद्दत सधैँ।

मेषे च सिंहे धनु पूर्व भागे वृषे च कन्या मकरे च याम्ये। तुला च कुंभ-मिथुने प्रतीच्य, कर्कालिमीने दिशे चोत्तर स्याम्॥
चन्द्रमा मेष, सिंह र धनु राशिमा रहँदा पूर्व भागमा रहन्छ। त्यस्तै वृष, कन्या र मकर राशि रहँदा दक्षिण दिशामा रहन्छ त्यस्तै मिथुन, तुला र कुम्भ राशिमा रहँदा पश्चिम दिशामा रहन्छ भने कर्कट, वृश्चिक र मीन राशिमा चन्द्रमा हँदा उत्तर दिशामा रहन्छ।

यात्रा आदिको समयमा सम्मुख देब्रे दाहिने हुँदा के कस्तो फल मिल्छ भनेर विचार गर्दा
सम्मुखे अर्थ लभाया, दक्षिणे सुख सम्पद:। पृष्ठत: प्राण नाशाय, वाये चंद्र धनक्षय॥
सम्मुख चन्द्रमा रहँदा भन्नाले गोचरमा चद्रमा जुन राशिमा छ र यात्रा आदि त्यही दिशा तिर गरिँदै छ भने सम्मुख भयो सम्मुख रहँदा अर्थ लाभ हुन्छ त्यस्तै गोचर देखि दक्षिण रहेमा सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ त्यस्तै पछाडि पर्यो भने संकट र व्यवधान उत्पन्न हुन्छ भने देब्रे पटी चन्द्रमा रहेमा धन आदिको क्षय हुने गर्दछ।

पृथ्वीबाट एकदमै निकट बस्ने भएको हुँदा अन्य ग्रहको तुलनामा चन्द्रग्रहको प्रभाव मानिसको स्वभावमा र दैनिक कामकाजमा यसको अत्यन्तै ठूलो महत्व रहन्छ। जलसँग सम्बन्धित व्यापार चन्द्रमाबाट हेरिन्छ। यसको फल अत्यन्तै छिटो मिल्छ हामीले औंशीको दिनमा कपाल काटौँ र फेरि पूर्णिमाको दिनमा कपाल काटेर हेरौं। पूर्णिमाको दिनमा काटेको कपाल छिटो बढ्छ। त्यस्तै हामीले कार्य गर्दा, व्रत आरम्भ गर्दा पूर्णिमा पक्ष पारेर गर्दा अत्यन्तै राम्रो हुन्छ। यो एक कल्पनाशील ग्रह हो। चन्द्रमाबाट आमा, पानी, दूध, देब्रे आँखा, स्वभाव, आयु, निडर वा डराउने स्वभावको, धन, दौलत, गरगहना, मन, यात्रा र लघु उद्योगको बारेमा हेरिन्छ। चन्द्रमाबाट विचार गर्ने कुराहरू मन, आमा, प्रसन्नता, पैत्रिक सम्पत्ति, तलाउ, यात्रा, व्यापार र चन्द्रमा चौथो भावको कारक ग्रह हो। चतुर्थेश र चन्द्रमा अशुभ अवस्थामा रहँदा आमाको स्वास्थ्य र आयुमा प्रतिकूल असर पार्दछ। यसले निद्रामा समस्या, पागलपन, डिप्रेसन, चिसोको रोगी, पानीमा डुब्ने, मन आत्तिने र आँखाको समस्याको बारेमा विचार गरिन्छ।

चन्द्रमा शुभ हुने मान्छे अत्यन्त प्रसन्न स्वभावको, सबैलाई माया गर्ने, काम र कुरा अत्यन्तै छिटो परिवर्तन गर्ने र आरामदायी जीवन व्यतित गर्ने, जस्तो पनि ठाउँमा मिलेर बस्ने र अधिक कल्पनाशील हुन्छ।

चन्द्र ग्रह अत्यन्तै अशुभ भएर छैठौं भावको स्वामीसँग योग गर्दा अत्यन्तै ठूलो रोग लागेर अत्यन्तै धेरै खर्च गराउँछ। चन्द्रमासँगै राहु वा बुधको प्रभाव हुँदा चन्द्रमाले अशुभ फल दिने र मानसिक बिमार Depression हुन्छ। कुण्डलीमा चन्द्रमा जुन भावमा छ घरको त्यो दिशामा पानीको धारो, पानी-ट्याङ्की रहन्छ। चन्द्रमाको धातु चाँदी हो र मोती रत्न धारण गर्न फलदायी हुन्छ। चन्द्रमा मनको कारकग्रह हो त्यसैले चन्द्रमाले शनिसँग योग गर्दा मानिस विरक्त स्वभाव र उदासिन जीवन रहन्छ।

अन्य ग्रहहरू