उत्तराषाढा Uttarashada (266°40′ to 270°00′ Sagittarius to 270°00′ to 280°00′ Capricorn)

उत्तराषाढा

उत्तराषाढा नक्षत्र वैदिक ज्योतिषमा २१औँ नक्षत्र हो। यो धनु राशिको २६°४०' देखि मकर राशिको १०°००' सम्म फैलिएको छ। यसलाई "उत्तर आषाढा" पनि भनिन्छ, जसको अर्थ "पछिल्लो विजय" वा "अजेय" हुन्छ।

प्रतीक
हात्तीको दाँत , सानो चारपाई (small bed) वा मञ्च (Stage/Platform) यसले विजय, शक्ति, स्थिरतालाई जनाउँछ।

देवता
विश्वेदेवहरू – सार्वभौमिक देवता वा दस देवताहरूको समूह, जसले धर्म, सत्य, न्याय, सद्गुण र विश्वव्यापी कल्याणको प्रतिनिधित्व गर्छन्।

स्वामी ग्रह
सूर्य (Sun)। यसले नेतृत्व, अधिकार, आत्मविश्वास, प्रतिष्ठा र ऊर्जा दिन्छ।

प्रकृति
मानव प्रकृति, यो नक्षत्र स्थिर, दृढ र दीर्घकालीन सफलताका लागि उत्तम मानिन्छ।

व्यक्तित्व गुण
उत्तराषाढा नक्षत्रमा जन्मिएका व्यक्ति सामान्यतया आकर्षक, शान्त, विनम्र, ईमानदार, जिम्मेवार र नेतृत्व क्षमता भएका हुन्छन्। उनीहरू धार्मिक/आध्यात्मिक, परम्परागत मूल्यहरूको सम्मान गर्ने, मेहनती, दयालु र सामाजिक हुन्छन्। उनीहरूमा दृढ संकल्प, सत्यनिष्ठा र उच्च नैतिकता हुन्छ। बाल्यकाल सुखमय पछि चुनौतीहरू आउछन् तर अन्तत: विजयी हुन्छन्।

सकारात्मक पक्ष

  1. नेतृत्व क्षमता र विजयी स्वभाव
  2. ईमानदारी, कर्तव्यनिष्ठा र नैतिकता
  3. दीर्घकालीन लक्ष्य प्राप्त गर्ने क्षमता
  4. आकर्षक व्यक्तित्व, राम्रो बोलचाल र सामाजिक सम्मान
  5. धर्म/सत्यको लागि लड्ने र अरूको भलाइमा रुचि
  6. स्थिरता, धैर्य र सफलताको लागि अटल प्रयास

चुनौतीपूर्ण पक्ष

  1. प्रारम्भिक जीवनमा असफलता वा संघर्ष
  2. अरूसँग साझेदारी गर्दा सावधानी चाहिने (विश्वासघातको सम्भावना)
  3. स्वास्थ्यमा आँखा, पेट वा हृदयसम्बन्धी समस्या हुन सक्छ

करियर र रुचि क्षेत्र

  • नेतृत्वकारी भूमिका, प्रशासन, राजनीति, सरकारी जागिर, न्यायिक क्षेत्र, सेना/प्रहरी,
  • व्यवस्थापन, शिक्षा, लेखन, प्रकाशन, कानुन, खेलकुद (विशेष गरी क्रिकेट/कुस्ती), 
  • निर्माण, वन/वन्यजन्तु सम्बन्धी काम, धर्म/आध्यात्मिक क्षेत्रमा सफल हुन्छन्।
  • उनीहरू उच्च पद प्राप्त गर्ने, सामाजिक सेवा, NGO वा ठूला संगठनमा राम्रो गर्छन्।
  • सूर्यको प्रभावले राजकीय/प्रतिष्ठित क्षेत्रमा रुचि बढाउँछ।

चिन्ह

चिन्ह

Elephant’s Tusk; Planks of A Bed

नामाक्षर

नामाक्षर

Ve, Vo, Ja, Ji

नियन्त्रण ग्रह

नियन्त्रण ग्रह

The Sun

नक्षत्र

नक्षत्र

8

तत्व

तत्व

Air

रङ

रङ

Copper


Other Constellations