पुनर्वसु नक्षत्रको मुख्य विवरण
पुनर्वसु नक्षत्र वैदिक ज्योतिषमा २७ नक्षत्रहरूमध्ये सातौँ नक्षत्र हो। यो मिथुन राशिको २०°००' देखि कर्कट राशिको ३°२०' सम्म फैलिएको हुन्छ। यसको नामको अर्थ "पुन: वसु" अर्थात् प्रकाशको पुनरागमन वा नवीकरण हो। मिथुनको बौद्धिकता र कर्कटको भावनात्मकताले दोहोरो स्वभावका हुन्छन्-कहिले उत्साही, कहिले हताेत्साहि।
पुनर्वसु नक्षत्र वैदिक ज्योतिषको सातौँ नक्षत्र हो। यसले नवआशा, पुनर्जन्म, पुन:प्राप्ति र विस्तार को प्रतीक गर्छ। स्वभाव नैतिक, मस्त र सन्तुष्ट रहन्छ। "सरल जीवन र उच्च विचार"-यो वाकपंक्ति जीवनमा उतार्ने। ईश्वर, पुरातन विश्वास र विचारधारामा धेरै विश्वास छ र परम्परालाई धेरै नै माया गर्ने। पारदर्शिताले मान्छेहरू बीच लोकप्रिय बनाउँछ। सधैं नै खाँचोमा परेका मान्छेहरूको निम्ति खडा हुनुहुन्छ। अरूलाई सान्त्वना र सहायता दिने तपाईको विशेष गुण हो। नरम स्वभाव, दयालु, शान्तिपूर्ण, गम्भीर, विश्वासी, इमानदार, न्याय प्रेमी, अनुशासित र निष्कपट हुन्छन्। कुनै कुरामा धेरै पटक असफल हुनुभयो भने पनि आफ्नो प्रयास कहिल्यै छोड्नु हुँदैन। शिक्षाको क्षेत्र होस् वा अभिनय, लेखन, कार्यक्रम सञ्चालक सबैतिर जीत हाँसिल गर्नुहुन्छ। बालबच्चाहरू पनि सामाजिक र बौद्धिक हुन्छन्।
व्यक्तित्व गुण
करियर र रुचि क्षेत्र
सफल बनाउन सक्ने व्यवसायहरू
लेखन, साहित्य, योग शिक्षक, यात्रा र पर्यटन विभाग, होटल-रेस्टुरेन्ट सम्बन्धित काम, मनोवैज्ञानिक, धार्मिक प्रचारक, पण्डित, पुजारी, विदेशी व्यापारी, ऐतिहासिक कलाकृतिहरूको बिक्रेता, जनावर पालन, रेडियो, टेलिभिजन, दूरसंचार सम्बन्धित कार्यहरू, हुलाक र कुरियर सेवाहरू, सामाजिक सेवाहरू आदि।
चिन्ह
धनुष र तीरको तरंग
नामाक्षर
के, को, हा, हि
नियन्त्रण ग्रह
बृहस्पति
नक्षत्र
5
तत्व
पानी
रङ
सीसा