रोहिणी नक्षत्रको मुख्य विवरण
रोहिणी नक्षत्र वैदिक ज्योतिषमा २७ नक्षत्रहरूमध्ये चौथो नक्षत्र हो। यो वृषभ राशिमा १०°००' देखि २३°२०' सम्म फैलिएको हुन्छ।
व्यक्तित्व गुण
सकारात्मक पक्ष
चुनौतीपूर्ण पक्ष
करियर र रुचि क्षेत्र
रोहिणी नक्षत्रको परिचय
रूप, वाणी र व्यवहारमा मिठास हुन्छ। धन, कृषि, व्यापार वृद्धितर्फ अनुकूल। अरुको कुरा सुन्ने अरुलाई सहयोग गर्ने र अरुको सामान्य प्रशंसाले पनि सन्तुष्ट हुने बानीले गर्दा धेरै पटक तपाई आफ्नो प्रगतिमा पछि पर्नुन्छ। आफूमा काम गर्न सक्ने कला कौशल हुँदाहुँदै पनि अरुको कुरामा भर पर्दा जीवनको बाटोमै रोकावट आउँछ। मान्छेमा कमजोरी फेला पार्नु र तिनीहरूको समाधान गर्ने प्रयास गर्नु तपाईको एउटा विशेष गुण हो। तपाईलाई कसरी विभिन्न परिस्थितिसंग समायोजन गर्नु पर्ने भन्ने थाहा छैन तैपनि तपाई आफ्नो निर्णयमा दृढ रहनुहुन्छ। तपाईको हृदयमा प्रेम, स्नेह र दया लुकेको छ। अनुशासन कायम गर्नको लागि सधैँ प्रयत्न गरिरहनुहुन्छ। तपाईको स्वभाव इमानदार भएको कारणले तपाईलाई धेरैले ठग्न पनि सक्छन्। तपाई अरूका समस्याहरूको लागि उचित र प्रभावकारी सुझाव दिन सक्षम हुनुहुन्छ। तपाईले आफ्नो नाम, ख्याति र धनको लागि कसैको पछि परेर गलत तरिकाले यी सबै प्राप्त गर्न नकारात्मक विचार आउँछ। तपाई आकर्षक देखिनु हुन्छ र सफाईमा प्रेम गर्नुहुन्छ। तपाईको संगीत र कला तर्फ विशेष चासो रहनेछ।
शिक्षा र कार्य
तपाई सामान्यतया आफ्नो जन्मेको ठाउँमा बस्नु हुँदैन र कामको लागि विभिन्न ठाउँमा जाने गरिरहनु हुन्छ। तपाईलाई सफल बनाउन सक्ने पेशाहरू छन् गरगहना बनाउने सम्बन्धित काम, शिशु हेरविचारको काम, अनाथालय सम्बन्धित काम, Banking, आध्यात्मिक गुरु वा वक्ता, मिठाई बनाउने, बेकरी, वेल्डिंग, नकर्मी जस्ता आगोसंग सम्बन्धित व्यवसायहरू, सिलाई-बुनाई।
चिन्ह
गोरु गाडा वा रथ
नामाक्षर
ओ, बा, बि, बु
नियन्त्रण ग्रह
चन्द्रमा
नक्षत्र
5
तत्व
पृथ्वी
रङ
सेतो